प्यारो एसईई विधार्थीहरु,
शनिवार एसईईको परिक्षा रिजल्ट प्रकाशित भयो । पास हुने सम्पुर्ण विधार्थीहरुलाई बधाई छ साथै फेल हुने विधार्र्थीहरुलाई आगामी दिनका लागि शुभकामना, फेरि पनि मौका आउने छ ।
तपाईहरुलाई यति पनि थाह छैन कि एसईईको उत्तरपुस्तिका कस्तो हुन्छ भनेर तर पासको प्रमाणपत्र पाउनु हुनेछ जुन साच्चै नै अनौठो हो । तपाईहरुको जिपिए धेरै आयो, कहि न कहि तपाई कै मेहन्तको फल होला तर यहि पनि ठुला सपmलता हैन तै पनि सेलेब्रेसन जरुरी छ ।
तपाईहरुको पढाई जिवन पक्कै पनि फरक छ । ९ कक्षा राम्रोसँग पढ्न सक्नु भएन १० पनि त्यस्तै र परिक्षा पनि दिनु भएन तै पनि परिक्षाफल प्रकाशित भयो । अगामि दिनमा तपाईहरुलाई कडा मेहनत गुर्नु पर्ने हुन्छ । कुनै समयमा एसईईलाई फलामको ढोका मान्ने गर्दथ्यो । पार गरे पछि जिवन कै एक सफल व्यक्तित्व मानिन्थ्यो तर अहिले अवस्थामा नितान्त फरक भयो । तपाईहरु नराम्रोसँग पढ्न सक्नु भयो नत आफ्नो योग्यता सिद्ध गर्न परिक्षामा सहभागि हुनु भयो तै पनि तपाईहरुसँग पासको प्रमाणपत्र हुने छ । अब तपाईहरुको भविष्य तपाईहरुले छनोट गर्ने बाटोमा हुने छ ।
राम्रो जिपिए आउँदैमा धेरै राम्रो विषय लिएर पढ्न न अतालिनु या खराबै जिपिए आउँदैमा कमजोर विषय लिएर पढ्न न अतालिनु होला । जति नै जिपिए आए पनि तपाईको इच्छा अनुसार सिनियरहरुको सल्लाह लिएर छनोट गर्नु होला र कडा मेहनतले राम्रो गर्नु होला । तर जुन विषय छनोट गरे पनि तपाई आफ्नो लक्ष्य प्रति अडिग भएर गर्नु होला । अरुलाई हेरेर हैन आफ्नो सबल पक्षलाई ध्यान दिएर गर्नु होला । र कडा मेहनत गरि आफ्नो उज्जवल भविष्य निमार्ण गर्नु होला ।
गत वर्ष एक भाईले भन्दै थियो कि “मेरो जिपिए ४ आयो तर म अचम्मित छु कि कसरी आयो भन्नेर जब कि मेरो स्कुलको परिक्षामा कम नै आउथ्यो” यसले अनुमान लगाउन सकिन्छ कि विधार्थीको योग्यता अनुसार जिपिए पाउनु भन्दा पढ्ने संस्थाको फाईदा हेतु जिपिए आएको छ । यी कुराहरु ध्यान दिनु होला । तपाईहरुको जिपिए ४ आएको छ भने धेरै न फुर्किनु होला यसलाई निरन्तरता दिने कोसिस गर्नु होला र सिध गर्नु कि साँच्चै नै ४ जिपिएको हकदार थिए ।
विषम परिस्थितिमा परिक्षाफल प्रकाशन गर्ने अर्को तरिका नभएर यो प्रक्रिया आपनाएको छ तर तपाईहरु आफ्नो जिम्मेवारी नबिर्सिनु होला । तपाईहरु सक्षम हुनुहुन्छ र धेरै गर्न सक्नु हुन्छ । आफ्नो लक्ष्य तय गरेर त्यसको लागि तयार पार्नुस् । संसार प्रतिपस्र्धामा भइरहन्छ यहाँ कोई पनि कमजोर छैन त्यहि भएर प्रतिस्पर्धा गर्न सक्नु पर्छ । हिन्दि एक मुभिको डायलग छ “जिवन एक दौड हो, यति तपाई छिटो दौडन् सक्नु हुन भने टुटेको अण्डा जस्तै हुनु हुनेछ” । अर्थात सबै आ – आफ्नो लक्ष्य प्राप्ति प्रति भगिरहन्छ ।
अन्तत् आगामि दिनका लागि शुभकामना । तपाईहरुलाई केहि सल्लाह भए सम्झनु होला सक्ने दिने छु ।
शुभ होस् ।

#letterforSeeStudents #sarojkumarmahatowrites #see2077 #seeresult #bestofluck